एमालेले भन्यो- नागरिकता विधेयक टाउको गनेर निर्णय गर्ने विषय होइन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम गर्न नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उपमहासचिव ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रूपमा लिन पनि सत्तापक्षलाई आग्रह गरे । नागरिकताजस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’ को रूपमा नलिई यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

उपमहासचिव ज्ञवालीले सो विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए । जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सोहीअनुसार छलफललाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उपमहासचिव ज्ञवालीले बहुमतको आधारमा सो विधेयक जबरजस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने पनि बताए ।

उपमहासचिव ज्ञवालीले संसद्मा विचाराधीन सो विषयलाई सत्तारूढ गठबन्धनले जस्ताको तस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेको संसद् र यसको गरिमाको धज्जी उडाएको आरोप पनि लगाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर