स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरूको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरू बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी सोही अनुरूपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालहरूको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारिन् ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उनले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउनसमेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन् ।

राष्ट्रपति भण्डारीले कोभिडको कठिन घडीमा पनि बिरामीहरूको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरूसहितका स्वाथ्यकर्मीहरूको प्रशंसा गरिन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले आमजनताले सेवा पाउने गरी सो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशहरूमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेसिनहरू नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताए ।

राज्यमन्त्री केसीले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकार प्रयासरत रहेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर