राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरूले पूर्वाग्रह त्याग्नुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भुमिका रहने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरूले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका हुन् ।

उनले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भूमिकाको आवश्यकता पर्ने उल्लेख गरे । अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट राष्ट्र एकताबद्ध हुनसक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताए ।

उनले देशको राजनीतिक परिवर्तनहरूमा पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग, नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको भन्दै प्रशंसा गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *