संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी तयारी गरिरहेका छौं : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षाअनुरूपको घोषणापत्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि पार्टीका सबै विभागहरूले विज्ञहरूसँग छलफल गरेर सो घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए ।

उनले पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान चुनौतीहरूलाई सामना गर्नसक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्नसक्ने खालको हुने पनि बताए । सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणापत्रको मस्यौंदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे ।

एमालेले पार्टीका सबै विभागलाई यही भदौ १५ गतेभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोहीअनुसार सबै विभागहरूले आफ्नो कामलाई अघि बढाएको भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर