संसद्को दुवै सदनबाट नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित

संघीय संसद्को दुवै सदनले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठकले प्रखर समाजवादी चिन्तकसमेत रहेका स्वर्गीय नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

स्वर्गीय गिरी नेपाली कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधि सभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम सम्वत् २०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधि सभा सदस्य, विक्रम सम्वत् २०६४ र विक्रम संवत २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य रहेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बिहान १० बजे र राष्ट्रिय सभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर