‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर सत्तारूढ दलका नेताहरू चुइँक्क बोल्न सकेनन्’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताए । सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पारे ।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्ष अघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराए । सत्तारूढ दलका नेताहरू भने यसबारे चुइँक्क बोल्न नसकेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरू आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको बताए ।

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए । प्रतिस्पर्धालाई छोडेर सत्तारूढ दलहरूले मिलेर राजनीतिलाइई दुश्मनीको विषय बनाएको उनको भनाइ थिया ।

ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर