अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा काठमाडौं महानगरले लगायो डोजर

काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रूपमा बनाइएको संरचना हटाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकै उपस्थितिमा बिहीबार दिउँसो सो भवनको पार्किङ स्थलमा अवैध रूपमा निर्माण गरिएको बेसमेन्टको संरचना डोजर लगाएर हटाइएको हो ।

यसअघि त्यहाँका कर्मचारीहरूले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सिर्जना गरेका थिए । तर, नगर प्रहरीले अवरोध हटाएर डोजर लगाई सो संरचना भत्काएको हो ।

मेयर शाहले यसअघि सो भवनको नक्सा देखाउन कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग आग्रह गर्दा चर्काचर्की भएको थियो । पछि मेयर शाह आफैंले नक्सा ल्याएर पार्किङ स्थलमा बनाइएको सो संरचना हटाउन निर्देशन दिएका थिए ।

काठमाडौं महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका सबै संरचनाहरू हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यसको अवज्ञा गरेपछि मेयर शाहले आफ्नै नेतृत्वमा यस्ता संरचना हटाउने कामलाई तीव्रता दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर