संसद् र सांसद बेकामे भए : पूर्वप्रधानन्यायाशीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद् र सांसदहरू बेकामे भएको बताएका छन् ।

सरकारका सबै अंगहरू र संवैधानिक निकायहरूका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद् र सांसदहरूले कुनै काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन ः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको तर्फबाट सम्पूर्ण राजनीतिक गतिविधिहरूको निगरानी गर्ने, त्यसलाई पृष्ठपोषण गर्ने, त्यसलाई भरथेग गर्ने, त्यसलाई नियमित गर्ने यावत कर्महरू गर्नुपर्ने अपेक्षा गरिएको संसद्ले त्यो भूमिका निर्वाह गर्न नसकेको प्रतिक्रिया दिए । सांसदहरू जनताप्रति जवाफदेही नभएको, उनीहरूले सरकार र संवैधानिक निकायका कामहरूमाथि उठाएका प्रश्नहरूको जवाफ दिन नसकेर रक्षात्मक अवस्था रहेको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले टिप्पणी गरे ।

संसद र सांसदहरुकै कारण जनआस्थामा विचलन आएको र राज्यका सबै अंगहरु क्षत्विक्षत् अवस्थामा पुग्न लागेको उहाँको निष्कर्ष थियो ।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराले वैदेशिक मुद्राको समेत संकट आउन सक्ने अवस्था मुलुकमा विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गरे । सरकारको कामकारबाही सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले अब आउने निर्वाचनमा भने ती समस्याहरू समाधान गर्न सक्ने जनप्रतिनिधि जनताले निर्वाचित गराउनुपर्ने आवश्यकता औंल्याए । जबराले मुलुकमा आर्थिक संकट आउन सक्ने पनि बताए ।

कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण खनालले मुलुकमा परिवर्तन चाहने हो भने पटकपटक प्रधानमन्त्री हुने खालका पात्रहरूलाई अबको निर्वाचनबाट जनताले बिदाइ गर्नुपर्ने बताए । उनले पार्टीगत आस्थाको दासत्वबाट सांसदहरू मुुक्त नबनेसम्म मुलुक अघि बढ्न नसक्ने दाबी गरे ।

खनालले नेताहरूको दासत्वले मुलुकलाई अघि बढ्न नदिएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर