जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक भयो भनेर गठबन्धनले भ्रम फैलाउन खाेज्यो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

विगतमा ६० वर्ष उमेर पुगेकाहरूलाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैल्याउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न गरे । नेकपा एमालेले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रूपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन जित्नैपर्ने बताए । राष्ट्रको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियतको रक्षा र सम्वर्द्नधका लागि, मुलुकको स्वाधीनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उनको तर्क थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर