‘देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन् ।

उनले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने बताए । उनले सबै नागरिकहरूलाई सीपको तालिम दिनुपर्ने पनि बताए । अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देशहरू मात्रै विकासमा अगाडि बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताए ।

उनले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयहरूमा विस्तार गर्न अनुरोध गरे । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *