बूढीगण्डकी जलविद्युत् आयोजना यही वर्ष अगाडि बढ्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत् आयोजना यही वर्ष बूढीगण्डकी विद्युत् उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् ।

आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

उनले बूढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताइन् । मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा, पुनरबासलगायतको काम करिब सकिन लागेको बताइन् ।

उनले नेपालमा वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदा कम हुने भएकाले ६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताइन् । मन्त्री भुसालले मन्त्री भएर आएको एक वर्षमा गरेको महत्त्वपूर्ण काममा बूढीगण्डकी पनि पर्ने बताइन् ।

मन्त्री भुसालले आयोजनाको जयित विद्युत क्षमता ८५.४ प्रतिशत बढाउनको लागि सरकारले विद्युत उत्पादकहरुलाई क्यू निःशुक गरेको बताइन् । उनले अहिले नेपालको विद्युत उत्पादन ८३ हजार भने पनि आर्थिक रूपमा ४३ हिसाब गरिएको बताइन् ।

मन्त्री भुसालले सरकारको तथ्यांकमा ६ हजार ५ सय पीपीए भएको देखिएपनि १५ सय कसैको झोला रहेको बताइन् । उनले १५ सय मेगावट विद्युत कसको झोलामा रहेको छ राज्यको स्रोत भएकाले सरकारले अनुसन्धान गर्ने बताइन् ।

मन्त्री भुसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताइन् । उनले विद्युत् उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले मुलुकमा लोडसेडिङको अन्त्य र विदेशमा विद्युत् निर्यात गर्न सरकार सफल भएको दाबी गरिन् ।
मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्रमशः ७६.६६ र ८० प्रतिशत उपलब्धि रहेको बताइन् । गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट पुगेको छ । ६६ केभीभन्दा माथिको प्रसारण लाइन ४४६ सर्किट किमि थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको बताइन् ।

विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको पनि बताइन् । मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको बताइन् । विद्युत् आधारभूत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरवलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको जानकारी दिइन् ।

समग्र विद्युत महसुल दर घटाइएका कारण गार्हस्थतर्फको विद्युत् खपत वृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको पनि उनले जानकारी दिइन् ।

देशको करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको भन्दै उनले ‘स्वदेशी विद्युत जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *