काठमाडौं महानगरको कानूनी सल्लाहकारमा ओमप्रकाश अर्याल

काठमाडौं महानगरपालिकाले आफ्नो कानूनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्त गरेको छ । काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई कानूनी सल्लाहकारमा नियुक्त गरेको हो ।

कानूनी सल्लाहकारको रूपमा परामर्श दिने र महानगरका तर्फबाट पक्षमा मुद्दाको वकालत गर्ने जिम्मेवारी पाएको अर्यालले बताए ।
आफूलाई महानगरले कानूनी सल्लाहकारको जिम्मेवारी दिएको भए पनि सम्झौता हुन बाँकी रहेको अधिवक्ता अर्यालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर