त्रिभुवन विश्वविद्यालयको समस्या शीघ्र समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दीलगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिए ।

यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए । बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

विश्वविद्यालयमा यसरी प्राध्यापकहरूमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने उनले बताए । उनले त्रिभुवन विश्वविद्यालयमा घटिरहेका घटनाहरूको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने बताए ।

सांसद ज्ञवालीले त्रिभुवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो ? भन्ने प्रश्न गरे । प्रधानमन्त्री र गृहमन्त्री स्वयम् विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालयमा भएको विकृतिलाई रोक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर