स्थानीय तहमा तालमेल गरेर जान एमाले खुला छ : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताएका हुन् । तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ ।

राजनीतिक दलहरूले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको बताए ।

महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजीनामा दिने कुरा अतिरञ्जनामात्रै भएको टिप्पणी गरे । उनले सो विधेयक राष्ट्रपतिकहाँ पुगिनसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पारे ।

महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्नुपरेको बताए । जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरूलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा होमिएको उनले बताए ।

महासचिव पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्नेगरी अघि बढ्ने रणनीति तय गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर