राष्ट्र बैंक शेयर धितोकर्जामा १२ करोडको सीमा कायम राख्ने पक्षमा छैन : कार्यकारी निर्देशक श्रेष्ठ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोकर्जामा कडाइ गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा.श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई शेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको स्पष्ट पारे ।

उनले राष्ट्र बैंकको लागि शेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै शेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको शुरुवात हुनुपर्ने बताए । उनले विधि, सेवनका नियमहरू भए राष्ट्र बैंकलाई निर्देशन जारी समस्या नभएको बताए ।

कार्यकारी निर्देशक श्रेष्ठले शेयर कारोबारको लागि बैंकको कर्जा शून्य गर्न नसकिने बताए । उनले बैंकको कर्जा अन्य धेरै क्षेत्रहरूमा आवश्यक भएकाले शेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुने बताए ।

उनले अहिले उत्पादनका धेरै क्षेत्रहरूलाई कर्जाको खाँचो भएको बताए । डा.श्रेष्ठले समग्र पुँजीबजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर