शितल निवासमा राष्ट्रपतिसँग प्रधानन्त्रीसहितका कांग्रेस नेताहरूको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार उनीहरूबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशस भाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।

भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा दलहरूलाई साझा धारणा बनाउन आग्रह गरेकी छन् । यसैगरी प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएको नागरिकता विधेयकका सम्बन्धमा र निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए ।

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

राष्ट्रपति भण्डारीले सोमबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताहरूसँग पनि सोही विषयमा छलफल गरेको प्रमख स्वकीय सचिव अधिकारीले जानकारी दिए ।

नागरिकतासम्बन्धी विधेयक दुवै सदनबाट पारित भई सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको सन्देशसहित संघीय संसद्मै फिर्ता पठाएकी थिइन् । विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रिय सभामा टेबुल भएको छ । राष्ट्रिय सभाले विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर