नेपाल एयरलाइन्सका अध्यक्षले संस्थालाई तहसनहस बनाए : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाएका छन्

बुधबार नेकपा (एकीकृत समाजवादी) केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरू’ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बता हुन् ।

उनले एयरलाइन्सले सबै आन्तरिक तथा बाह्य जहाजहरूलाई उडान गर्न नसकेको बताए । एयरलाइन्सको अध्यक्षले जहाजको इन्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इन्जिन मर्मतमा ध्यान नदिएको उनको भनाइ छ ।

जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भए पनि एयरलाइन्सले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको उनले बताए । मन्त्री श्रेष्ठले एयरलाइन्सले मन्त्रालयसँग कुनै पनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने बताए ।

मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार गर्नुपर्ने बताए । उनले सबैले मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबरमा मात्र नेपाल घुम्न सकिने भनेर प्रचार गर्ने गरिएको भन्दै अबदेखि १२ महिना नै घुम्न सकिने देशको रुपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि पनि ध्यान दिनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर