नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार

मंगलबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार उच्च अंकले घटेको छ । बुधबार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको भन्दा बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी घटेको देखिन्छ ।

बुधबार नेप्से घटे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत,गणपति लघुवित्तको १.४० प्रतिशत,दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ।

तर यता, हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ । बुधवबर नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *