गठबन्धन सरकारले चुच्चे नक्शालाई आफ्नो देशको नक्शा भन्न सकेन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभाग हो भन्न नसकेर समस्या हो भन्दै जनतालाई अलमल्याउन खोजेको आरोप लगाएका छन् ।

बुधबार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुगेका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको अवस्थामा सरकारले दुई देशको समस्या भन्दै जनतालाई झुक्याइरहेको बताए । वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई आफ्नो देशको नक्शा भन्न नसकेको आरोप लगाए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा गठबन्धन सरकरले आफ्नो जमिन फिर्ता लिन्छाैं भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए ।

अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराए । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्दलगायत अन्य नेता कार्यकर्ता मेत नेकपा एमालेमा सामाहित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर