इनरुवाका मेयर भण्डारीले दान गरे अस्पताल र वृद्धाश्रमका लागि चार करोडको जग्गा

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्नेगरी दान दिने बताएका हुन् ।

प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला/कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको बताए । आँखा अस्पताल, आयुर्वेदिक अस्पताल र वृद्धाश्रम निर्माणका लागि जग्गा दिने तयारी गरेको उनको भनाइ छ ।

उक्त जग्गाको मूल्य करिब चार करोड रुपैयाँभन्दा बढी पर्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर