भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीको वृहत् प्रर्दशनी हुने भएको छ ।

बिहीबार संघले पत्रकार सम्मेलन गर्दै भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सञ्चालन गर्ने जानकारी दिएको हो । संघले आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्द्धनमा टेवा पु¥याउने फर्निचर एक्स्पोको उद्देश्य रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातीत फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताए । जोशीले फर्निचरजन्य सामग्री बनाउनको लागि काठ नेपालमा नै पाइने बताए । उनले नेपालमा नै धेरै काठ भए पनि विदेशबाट काठ आयात गरेर फर्निचर बनाउनुपर्ने बाध्यता रहेको बताए ।

अध्यक्ष जोशी नेपालको काठ किन्न र विदेशबाट आयात गर्न उस्तै मूल्य पर्ने बताए । उनले नेपालमा मलेसिया, क्यानडा, अस्ट्रेलिया र भारतबाट काठ आउने गरेको बताए । उनले अहिले नेपालमा उत्पादन हुने काठ प्रयोग गर्न टेण्डरमा भाग लिन पाउनुपर्ने माग सरकारसँग रहेको बताए ।

फर्निचर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको संघले बताएको छ । एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल गायत सामग्रीे मुख्य आकर्षणका रूपमा रहनेछन् । एक्स्पोमा भारत, बंगलादेशलगायतका छिमेकी मुलुकका सामग्री प्रदर्शक पनि एक्स्पोमा सहभागी हुनेछन् ।

जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डीजी पे डिजिटल पार्टनर रहेको छ । एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क रहेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलहरू रहनेछन् । आयोजकले एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवर्द्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनको साथ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर