विपद् जोखिम न्यूनीकरणका लागि दिएको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिएका हुन् ।

उनले सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशील हुन जरुरी रहेको बताए । मन्त्री खाणले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानूनअनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए ।

उनले विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गरे । उनले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनामा नै खर्च गर्नुपर्ने बताए । मन्त्री खाणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरू गम्भीरतापूर्वक कार्यान्वयन गर्न पनि निर्देशन दिए ।

गृहमन्त्री खाणले यो वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताए । उनले विपद् प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भए पनि स्थानीय तह र स्थलगत रूपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताए । विपद् व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरूलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *