संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाले पठायो समितिमा

प्रतिनिधि सभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।

बैठकमा सो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको राष्ट्रिय सभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आगामी बैठक भदौ १९ गते आईतवार दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर