चुनाव आयो कि हारिएला भन्ने डर भइरहन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन् ।

चुनावमा जित हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको अनुभूति सुनाएका हुन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे । महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरूलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सो विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामा नै पुस्तकालयको विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौता समेत गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर