नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औंल्याएका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औंल्याएका हुन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सिमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए । उनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाको एकाधिकार हुन नहुने बताए ।

पुनले सीमित घेरामा मात्रै नभएर सबैमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए । उनले नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने बताए । पुनले राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्ने बताए ।

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु संरचनागत समस्या रहेको बताए । उनले सरकारसँग १ लाख ३३ हजार निजामती कर्मचारीरू भए पनि प्राविधिक कर्मचारी कम भएकाले समस्या रहेको बताए ।

पुनले नेपालको संरचनागत व्यवस्थालाई परिवर्तन गरेर पुँजीगत खर्च गर्न लायक संरचना बनाउन आवश्यक रहेको बताए । उनले सरकारले विकास निर्माणको कार्य हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताए ।

पुनले अहिले सरकारले विकास निर्माणको काम सुरु गर्ने तर अदालतले रोक्दासमेत समय भएको औंल्याए । उनले समग्र नेपालको न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका, नागरिक समाज सबैलाई विकासमैत्री बनाउन सरकारले पहल गर्नुपर्ने बताए ।

पुनले दुई जना मन्त्री र प्रधानमन्त्री बसेर नभई आम जनतालाई समेत ठूला आयोजनाहरू योजना बनाउनु अगाडि, कार्यान्वयनको क्रममा कार्यान्वयपछि पनि जनताको सहभागिता बढाउनुपर्ने बताए । उनले ३ खर्ब बराबरको लगानी कृषिजन्य उत्पादन देशभित्र नै गर्ने गरी पुँजी, प्रविधि दिएर आधारभूत खाद्यान्न र उत्पादनमा आत्मनिर्भर बन्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *