अबको निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : गगन थापा

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ छ ।

‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिन भत्र गठबन्धन दलहरूबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे ।

महामन्त्री थापाले गठबन्धन दलहरूबीच सिट बाँडफाँड टुंगिने बित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए ।

महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने बताए ।

उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टी भित्र सो इकाइको आवश्यकता रहेको पनि स्पष्ट पारे ।

महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढन आफ्नो पार्टीले काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर