मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरू सकारात्मक हुँदै गएका छन् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दाबी गरेका छन् । अर्थमन्त्री शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको समेत बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूलाठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको जिकिर समेत गरे । तरलताको समस्या केही हदसम्म अझै कायमै रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई हल गर्न सरकारले समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएको पनि बताए ।

अर्थमन्त्री शर्माले निर्यात प्रवर्द्धन गर्नका लागि बनाइएको नीतिगत निर्णयहरू तत्काल कार्यान्वयन गर्न पनि उद्योगी, व्यवसायीहरूलाई आह्वान गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोभिड कालमा पाएका सेवा, सुविधाहरू सधैं नपाउनेतर्फ उद्योगी, व्यवसायीहरुको ध्यानाकर्षण गराए । उनले आर्थिक वृद्धिदर सँगसँगै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने पनि स्पष्ट पारे ।

उपाध्यक्ष पौडेलले रोजगारी वृद्धिमा योगदान पु¥याउन नसक्ने ढंगले भएका आर्थिक वृद्धिदरको कुनै अर्थ नहुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *