यी हुन् पोखरा महानगरले सय दिनमा गरेका सय काम

पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।

पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फुलका बिरुवा रोपी आफ्नो कामको सुरुवात गरेको बताउँदै आफ्नो १०० दिनको कामबाट सन्तुष्ट रहेको बताए । प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्धार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेस गरेका छन् ।

निजी संस्थासँगको साझेदारीमा सार्वजनिक ७२ वटा शौचालय सर्वसाधरणका लागि खुला गरिएको आचार्यले बताए । मेयर आचार्यले महानगरपालिका अहिले आन्तरिक व्यवस्थापन बलियो बनाउने काममा लागिपरेको बताए । उनले पोखरा महानगरपालिकामा अहिले फोहोरको समस्या रहेकाले समस्या समाधानका लागि काम भइरहेको पनि बताए ।

उनले महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत नेपाल विद्युत् प्राधिकरण र पोखरा महागनरको (पचास÷पचास प्रतिशत) १३ करोडको लागानीमा २३ वटा चोकहरूमा हाइ–मास्ट पोलमा १५ सय चार वटा सडक बत्ती जडन सुरु गरेको बताए ।

१०० दिनमा युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पुँजी भएको व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ । साविक लेखनाथ नगरपालिकाको तालचोकदेखि बेगनासताल बसपार्कसम्कको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको बताएको छ । आगामी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी रहेकाले त्योभन्दा पहिले अन्यन्त्र फोहोर व्यवस्थापन हुने महानगरको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर