खोटाङ कांग्रेसद्वारा १० जनाको नाम सिफारिस, सर्वधन राई पहिलो नम्बरमा

नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्व राज्यमन्त्री सर्वधन राईसहित १० जनाको नाम सिफारिस गरेको छ । बीपी स्मृति भवन दिक्तेलमा बसेको बैठकले राईको नाम पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभाको उम्मेदवारको नाम सिफारिस गरेको हो । राईसँगै सुवासकुमार पोखरेल, भूपेन्द्र राई, हिरा गुरुङ, राजकुमार राई, रोजन राई, रामप्रसाद आचार्य (आरपी), विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा महिलातर्फ सरस्वती बजिमय र शान्तिदेवी राई तथा पुरुषतर्फ दिनेशकुमार राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मी रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस प्रदेश ‘ख’ प्रदेससभा सदस्यको लागि प्रत्यक्षतर्फ पार्टी सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्कासहित ६ जनाको नाम सिफारिस भएकाे छ ।

यस्तै समानुपातिकमा खुल्ला पुरुष तर्फ शहरमान राई र महिलातर्फ कमला राईलाई सिफारिस गरेको छ भने इच्छुराम राना, निर्मला ढकाल, वसन्त राई, दीपराज राई, प्रतीक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकाललाई समेत समावेश गरी जिल्ला कार्य समितिलाई पठाइएको छ ।

यस्तै प्रदेश ‘क’ प्रदेससभा सदस्यको लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजु सिफारिस भएका छन ।

समानुपातिकमा रोजन राई, दुरेन राई, पेशलकुमार राई, राजनशेर राई, हिरा निरौला र महिलातर्फ डिल्लीकुमारी आचार्य, देवी राईलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *