केपी ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएका छन् ।

एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका ओलीलाई आगामी निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवारका लागि झापा क्षेत्र नं. ५ बाट सर्वसम्मत सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय कमिटीको सोमबार दमकमा बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत संघीय सांसदको उम्मेदवारमा सिफारिस गरेको क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिए ।

२०७४ को निर्वाचनमा पनि ओली फराकिलो मतसहित नेपाली कांग्रेसका पदम अधिकारीलाई पराजित गर्दै झापा ५ बाटै विजयी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर