नेप्से परिसूचकमा ४.२९ अंकको गिरावट, कराेडमा झर्‍याे कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइतबार सामान्य अंकले बढेर बन्द भएको नेप्से परिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । आइतबाको कारोबारमा १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ ।

सोमबार नेप्सका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ ।

तर यता, अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ । सोमबार नेप्से सामान्य अंकले घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ७.४३ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ ।

तर यता, रुरु जलविद्युत् परियोजनाको ६.५५ घटेको छ । सोमबार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर