पर्यटनमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : सांसद डा. विमला राई

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी हुन् ।

उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन् । उनले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको बताइन् ।

सांसदहरूले विधि बनाउने भन्दै उनले विधि उल्लंघन गर्ने पनि उनै विधि बनाउनेहरू नै भएको टिप्पणी गरिन् । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उनले सरकारको ध्यानाकर्षण पनि गराइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *