उम्मेदवार मनोनयन भएको मितिबाट संसद्को कार्यकाल सकिने व्यवस्था गरौं : गगन थापा

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।

उनले पछिल्ला केही समययता आएर सांसदहरू १/२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै संसद्लाई नै दाग लगाउने त्यस्ता खालका सन्देशहरू प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनबाट आधार मानी प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल तोक्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *