संसद्को कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई एमालेको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका हुन् ।

उनले त्यस ढंगले प्रतिनिधि सभाभित्र दुई खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि राखे । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको मनोनयन हुने दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने उनको भनाइ थियो ।

प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानूनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भनेकोमा आपत्ति जनाए । एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उनको दाबी थियो ।

प्रमुख सचेतक भट्टराईले सरकारको १४ महिने कार्यकालले आमजनतालाई लज्जाबोध गराएकोसमेत आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर