राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीशविरुद्धकाे महाभियोग प्रस्ताव जीवित रहन्छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताए । उनले प्रतिनिधि सभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भूमिका खेल्ने संसद्को काम राष्ट्रिय सभाले गर्ने बताए ।

उनले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रस्ताव दुवै सदनको दुई तिहाइले पास वा फेल गराउनुपर्ने भएकाले राष्ट्रिय सभा रहेको अवस्थामा महाभियोग प्रस्ताव पनि जीवित रहने जिकिर गरे ।

उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरूका बीचमा सहमति भइसकेको बताए । कार्यदलले शीर्ष नेताहरूलाई आजै प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर