राष्ट्रपति भण्डारी र फ्रान्स–संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकाे हाे ।

उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *