एमालेले ‘परमादेशी सरकार’ भनेपछि कानूनमन्त्रीको आक्रोश- ‘साेचेर बाेल्नुस् !’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले प्रतिपक्ष दलका सांसदहरूले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउ नभन्न भन्दै आक्रोश पोखेका हुन् ।

उनले संविधानले काम चलाउ सरकारको परिकल्पना नगरेको उल्लेख गर्दै एकछिनको न्यानो नहेरी भावी दिनलाई सोचेर बोल्नुपर्ने बताए । मन्त्री कोइरालाले विदेश नीति, फण्डामेण्टल कन्स्यूट्युस्नल प्रिन्सिपल र स्वतन्त्र न्यायपालिकाका बारेमा जथाभावी शब्द प्रयोग नगर्न विपक्षी दल नेकपा एमालेका सांसदहरूसँग आग्रह गरे ।

उनले नेपालको संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकारलाई प्रयोग गरेर गरेको निर्णयलाई व्यंग्यात्मक रूपमा संसद्मा प्रश्न उठाइरहने हो भने कस्तो न्यायपालिकाको कल्पना गरेका हौँ ? भन्दै प्रश्न गरे । उनले संसद्मा परराष्ट्र नीतिका बारेमा सांसदहरूले जथाभावी बोल्दा परराष्ट्रहरूसँगको सम्बन्ध बिग्रिँदै गइरहेको बताए ।

मन्त्री कोइरालाले नयाँ निर्वाचित संसद्को बैठक नबस्दासम्म प्रतिनिधि सभाको कार्यकाल चालु रहने प्रस्तावबाट सरकार पछि हटेको बताए । उनले यसबारेमा अन्योलता काम रहेकाले अन्योलतालाई चिर्न प्रस्ताव ल्याइएको भए पनि तत्कालका लागि भने सरकार पछि हट्ने जानकारी गराए ।
मन्त्री कोइरालाले यही विषयलाई राजनीति बनाएर जान आवश्यक नरहेको पनि औंल्याए । उनले एउटा संविधानविद्ले भनेको भरमा संसद्को कार्यकाल सुरु र अन्त्य हुन नहुने बताए ।

मन्त्री कोइरालाले कानूनमन्त्रीले आफ्नो समयावधि बढाउनका लागि प्रस्ताव ल्याएको भन्ने कतिपय सांसदहरूले आरोप लगाएकोप्रति आपत्ति जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *