संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकूल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले इन्द्रजात्रा सांस्कृतिक महत्त्वले भरिपूर्ण भएकाले यसको छुट्टै महत्त्व र पहिचान रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्त्व बोकेका पर्वहरूलाई समयसापेक्ष बनाई तिनको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए ।

उनले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकाले सबैको संलग्नता र सहयोगको आवश्यकता भएको बताए ।

मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरूलाई जोगाइराख्न त्यसमा सम्बद्ध गुठीहरूलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरूको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *