माओवादीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई प्रचण्डले पुल्पुल्याए : जनार्दन शर्मा

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताए । उनले संगठन विधि र पद्धतिमा चल्नुपर्ने बताए ।

पार्टीमा एकले अर्काको विरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृत्ति रहेको भन्दै उनले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्ने काम विद्यार्थी संगठनको अध्यक्षले गर्न नहुने बताए । उनले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकताबद्ध भएर जानुपर्ने बताए । शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताए ।

उनले अहिलेको विद्यार्थी संगठनसँग कुनै एजेण्डा नभएको टिप्पणी गरे । उनले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताए ।

उनले विद्यार्थी संगठनलाई वैज्ञानिक र प्रविधियुक्त शिक्षाको एजेण्डा बोक्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर