माथिल्लो कर्णाली अलपत्र पार्ने जीएमआर कम्पनीसँगको सम्झौता रद्द गर्न भीम रावलको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना अघि बढाउने जीएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे ।

उनले विगतमा गरिएका शर्तहरू उल्लंघन गर्ने, नेपालको राष्ट्रिय हितविपरीत हुनेगरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौता रद्द गरेर नेपाल सरकार आफैंले वित्तीय व्यवस्थापन गरेर सो आयोजना अघि बढाउनुपर्ने बताए ।

नेता रावलले सम्झौताविपरीतका गतिविधिमा संलग्न सो कम्पनीसँग पटकपटक झुक्ने काम गरिरहेको भन्दै सरकारको पनि कडा आलोचना गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर