नेप्से परिसूचकमा ११.९७ अंकको गिरावट, कारोबार रकम ८२ करोडमा खुम्चियो

पछिल्लो एक सातादेखि निरन्तर रूपमा ओरालो लागेको नेप्से परिसूचक बुधबार पनि घटेर कारोबार बन्द भएको छ । बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ ।

बुधबार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकमसमेत गिरावट हुँदै आएको छ । मंगलबार १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधबार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ । तर, व्यापार उपसमूहको परिसूचक २.४३ प्रतिशत घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्युचुअल फण्डको इकाइ मूल्य ७.७२ प्रतिशत बढेको छ । त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ६.३८ प्रतिशत बढेको छ ।

यता प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य ५.८८ प्रतिशत घटेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य यस दिन ५ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर