कांग्रेस ‘रामराम’ भन्ने अवस्थामा आइसकेको छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

उनले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अ’ नरहेको उल्लेख गरे । उनले बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकता र नेताहरूलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।

पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए ।

पूर्वराष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए ।

कार्यक्रममा डा. शशांक कोइरालाले आफूले धेरै डाक्टरहरूलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका डाक्टरहरू रहेको भन्दै दुःख व्यक्त गरे । उनले आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेशा भएकाले फलको आश नगरी सेवा गरेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर