‘नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको ९.५४ प्रतिशत लगानी आवश्यक छ’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले पूर्वाधार विकासमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्ने भए पनि अहिले ३ प्रतिशत मात्रै भएको बताए ।

अध्यक्ष अग्रवालले मुलुकमा तीव्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताए । अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रबाट लाभ उठाउन सक्ने अथाह सम्भवना रहेको बताए ।

अध्यक्ष अग्रवालले पूर्वाधार विकासको विकास गर्न पुँजीगत खर्च बढाउन आवश्यक रहेको बताए । उनले चालु आर्थिक वर्षमा ४.५ प्रतिशत भन्दा कम पुँजीगत खर्च हुने अनुमान गरिएको बताए ।

उनले अहिले विश्वका कुनैपनि देशमा पँुजी लगानी गर्न समस्या नभएको बताए । अध्यक्ष अग्रवालले वैदेशिक लगानी बढाउनको लागि केही नीतिगत सुधार र विश्व बजारसँग जोडिने वित्तीय उपकरणरूरु व्यवस्था गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर