‘एमाले फुटाउन लागेका फटाहा र अपराधी जनार्दन शर्मालाई एमालेको सरकार बनेपछि तह लगाइन्छ’

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।

उनले एमाले फुटाउने कर्ममा लागेका फटाहाहरू र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिई फेरि अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरूलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनीसमेत दिए ।

नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताए ।

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारूढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोपसमेत लगाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *