यसै हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने वनमन्त्रीको उद्घोष

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारले यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताएका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री यादवले सवारी साधनले गर्ने वातावरण प्रदूषणको युरोपियन मापदण्ड युरो ६ लागू गर्न लागेको बताउएका हुन् ।

उनले प्रधानमन्त्री शेरवहादुर देउवाले गत कोपामा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने प्रतिबद्धता कार्यान्वयन गर्नको लागि सरकारले यही हप्ताभित्र कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताए । मन्त्री यादवले तत्काल कमर्सियल सवारी साधनहरूमा युरो ६ लागू गरेर सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य प्रतिशतमा ल्याउने मन्त्रालयको तयारी रहेको बताए ।

उनले युरो ६ लागू गर्नको लागि सबै प्रक्रिया तयारी भएकाले यही हप्ताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने बताए ।

मन्त्री यादवले भारतमा २०२० मा नै युरो ६ लागू भएर अहिले युरो ८ लागू गर्ने तयारीमा रहेको बेला नेपालमा अझै युरो ३ चलाइरहेको बताए । उनले भुटानमा समेत कार्बन उत्सर्जन कम गर्न युरो ६ लागू गर्न लागेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर