अर्थतन्त्र बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास आवश्यक : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन, २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् ।

उनलदे देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताए । उनले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए ।

अध्यक्ष दाहालले कृषिपछि जलविद्युत्, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए ।

अध्यक्ष दाहालले धन सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान हुनेगरी सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह गरे । उनले लक्ष्य प्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतीत गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *