विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि सरकार लागिपरेको छ : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धारमा सरकार लागिपरेको बताएका छन् ।

आइतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उधारका लागि सरकार लागिपरिरहेको बताएका हुन् ।

उनले समस्यामा परेका श्रमिकहरूको अवस्थाको सम्बन्धमा नेपालका राजदूतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदूतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए । उनले आवश्यकताअनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए ।

मन्त्री कुँवरले विदेशिएका श्रमिकहरूबाट नै देश चलिरहेको भन्दै श्रमिकहरू हेपिएको, चेपिएको विषयलाई गम्भीर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे ।

मन्त्री कुँवरले विदेशी कम्पनीहरूले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका म्यानपावरहरूलाई कारबाही गरिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर