धोबीखोला करिडोरको डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्छ : मन्त्री चाैधरी

शहरी विकासमन्त्री मेटमणि चौधारीले धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् ।

आइतबार प्रस्तावित धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले धोबीखोला करिडोर निर्माणको लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए ।

मन्त्री चौधरीले करिडोर निर्माणमा सरकारले जनताहरू त्यहाँबाट विस्थापित हुनुनपर्ने गरी बनाउने प्रतिबद्धता जनाए । उनले धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको विषयमा सांसद गगनकुमार थापाले विशेष पहल गर्नुपर्ने बताए । मन्त्री चौधरीले सांसद थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशतभन्दा बढी सहयोग गर्न तयार रहेको बताए ।

मन्त्री चौधरीले करिडोरको विषयमा आफूले करिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरूको मागअनुसार समस्याको समाधान गर्ने बताए । उनले करिडोरलाई विवादित बनाउने भन्दा पनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर