धोबीखोला करिडोरको डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाउन सरकारसमक्ष गगनको माग

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाउनुपर्ने बताएका छन् ।

आइतबार प्रस्तावित धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।

उनले धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए । थापाले सबै योजनाहरूलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्ने बताए ।

उनले करिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरू सबै अब बन्ने आयोजनाअन्तर्गत ल्याउन पनि माग गरे । उनले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको बताए । थापाले अहिले करिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरू बनेकाले बनेका घरहरूको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए ।

महामन्त्री थापाले करिडोर क्षेत्रमा बनेका घरहरू वैधानिक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरूको समेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर