विज्ञापनको ठेकेदारी प्रचलन रोक्छौं : कार्यकारी अध्यक्ष हुमागाईं

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष हुमागाईंले यस्तो बताएका हुन् ।

उनले स्थलगत विज्ञापनको लागि अझै पनि ठेकेदारी प्रचलन गरेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानून बनाएर लागू गर्ने बताए । अध्यक्ष हुमागाईंले होडिङ बोर्ड विज्ञापनमार्फत उठ्ने राजस्व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापनबापतको राजस्व ठेकदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको बताए ।

उनले विज्ञापनको राजस्व उठाउने अधिकार स्थानीय स्वायत्ता ऐनले स्थानीय सरकारलाई दिए पनि ठेकेदारहरुरूे उठाइरहेको बताए । अध्यक्ष हुमागाईंले गाउँपालिका, नगरपालिका र सरकारबीचको समन्वयको कमीले गर्दा ठेकेदारबीच द्वन्द्वको चपेटा रहेको भन्दै विज्ञापन आचारसंहिताले समेट्न नसकेको बताए ।

उनले यसको लागि निर्वाचन अगाडि नै स्थलगत विज्ञापनको राजस्व स्थानीय सरकारले उठाउन पाउने गरी कानून मन्त्रिपरिषद्ले पास गर्ने बताए । उनलले बोर्डले यो वर्ष डिजिटल मिडियाको ऐन बनाएर नै व्यवस्थापन गर्ने बताए ।

अध्यक्ष हुमागाईंले बढीमा चार पाँच महिनाभित्र डिजिटल मिडिया व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए । उनले डिजिटल मिडिया व्यवस्थापनको लागि विज्ञापन संघ, विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोत्ताको ठूलो सहयोग भए पनि सरकारी कर्मचारीहरूको नै असहयोग रहेको बताए ।

अध्यक्ष हुमागाईंले बोर्डको पहलमा चालु आर्थिक वर्षदेखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्ने पाउने गरी सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको बताए । उनले मिडियाको बिलबाट नै भुक्तानी पाउने नियम तत्काल लागू हुने बताए ।

त्यस्तै अध्यक्ष हुमागाईंले विदेशी विज्ञापन तत्काल नियन्त्रण गर्नुपर्ने पनि बताए । उनले डविङ विज्ञापन बोर्डले रोकेको भन्दै यदि कहीँ डविङ विज्ञापन बजेको छ भने खबर गर्न व्यवसायीहरूसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *